दशैंको उपलक्ष्यमा वीरगञ्ज बजारमा लाग्ने मेलालाई मध्यनजर गर्दै दुई दिने निशुल्क स्वास्थ्य सेवा सिविर यस संस्था द्वारा घण्टाघरमा संचालन गरिएको छ ।
हन्ड्रेडस ग्रुप पर्सा संस्थाको सह संयोजक तथा उपाध्यक्ष राहुल पटेल ज्यूको विशेष सहयोग र सुर्या हस्पिटल,ध्रुव कान्ति सप्लायर्स , युवा बचन जस्ता संस्थाहरुको सहयोगमा निःशुल्क शिविरलाई आईतबार देखि सञ्चालन गरी आज सोमबार समापन गरिएको हो । दुई दिन सम्म सो सिविर संचालन भयो र सिविरमा निशुल्क औषधि वितरण गरिएको कुरा संस्थाको उपाध्यक्ष पटेलले बताउनु भएको छ ।
अनुभवी तथा वरिष्ठ डाक्टरहरुको उपस्तिथिमा यो निःशुल्क कार्यक्रमलाई प्रारम्भ गरी समापन गरिएको हो । डा. मृगेन्द्र कु.सिंह यादव , डा.वेद प्रकाश कुशवाहा र डा.अरुण पटेल को सहभागिता यो निःशुल्क शिविरमा रहेको थियो। सामाजिक अभियन्ता प्रकाश थारु , मीडिया सहयोगी रातो पना, यात्रा डेली ,हाम्रो वीरगन्ज न्युज ,संस्थाको अध्यक्ष विकि सराफ, सहयोगी विकास कु. गुप्ता, भगवनबाबु प्रसाद ,निरञ्जन गुप्ता,अनिल शाह, दिपेश साह, जितेन्द्र गुप्ता , सुभ्नारायण गुप्ता,विकेश साह, प्रिन्स गुप्ता, अरविन्द पटेल, ओमकारनाथ गिरी,नबिल समानी,विशाल पटेल,मधुरञ्जन साह लगायतको उपस्थिती र सहयोग यो शिविर भव्य रूपले समापन गरिएको हो।