वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि नेता गौरीशंकर साहले प्रदेशसभा सदस्यका लागि नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका छन् ।
पर्साको बिन्दबासिनी गाँउपालिका २ गर्दौल निवासी साहले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । जसपा र एमाले बिचको गठबन्धनमा उक्त क्षेत्र जसपाको भागमा परे पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेकी मधु गुप्तालाई प्रदेश सभामा टिकट पाए पछि नेता साहले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका छन् ।
पार्टीमा रहेर लामो समय काम गरिसकेका साहले जसपाको अधिनमा बसेर जनताको सेवा गर्न नसकिने भएकाले उक्त पार्टी परित्याग गरी नेपाल सुशासन पार्टी भएर उम्मेदवारी दिएको बताए । जसपाका प्रदेश कमिटी सदस्य समेत रहेका साहले आफनो क्षेत्रका जनताको माग र चाहना अनुसार पनि आफुले उम्मेदवारी दिएकाले जित सुनिश्चित रहेको बताए ।