

वीरगंज,माघ १६ राकेश साह
पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे र पर्सेली संचारकर्मी बिच भेटघाट भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एसपि पाण्डेले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने मुख्य दायित्व भएको बताउनुभयो । खुल्ला सिमानाका कारण शान्ति सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताउदै सिमा क्षेत्रमा बिशेष निगरानी गरिने योजना रहेको बताउनुभयो । उहाँले सिमाक्षेत्र संग जोडिएको जिल्ला भएकोले लाुगऔषधओसार पसार नियन्त्रण एवं अबैध कारोवार नियन्त्रणमा जोड दिने बताउनुभयो । यसैगरी आजै जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दाका ओरोपित र लागुऔषध ओसार पसार गर्ने व्यक्तिलाई सार्वजनिक समेत गरेको छ । पर्सा प्रहरीले गत पुस १ गते बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी बस्ने अकलेश राउत यादवको हत्यामा संलग्न रहेको आरोपमा पर्सागढी गनरपालिका वडा नम्बर ५ निवासी ५१ बर्षिय भागरित राउत अहिर, सोहि ठाँउ बस्ने ताहिर मियाँ र छटु पटेल भन्ने दिनेश पटेललाई सार्वजनिक गरेको हो ।त्यसैगरी २०७३ असोज २० गते हत्या भएका बहुदरमाई नगरपालिका वडा नम्बर ८ बस्ने ९ बर्षिय राजन पटेलको हत्याको आरोपित रेयान महतो कम्करलाई पनि सार्वजनिक गरेको छ । यता प्रहरीले माघ १ देखि १५ गते सम्म भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेका लताकपडा, खाद्यन्न ,काठ र किराना समान लागयत मालबस्तुहरु पनि सर्वाजनिक गरेको छ । त्यस्तै प्रहरीले एक बिगहा १६ कठा ११ धुरमा लगाइएको २५हजार पाँच सय गाँजाको बोट नष्ट गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ । यसैगरी प्रहरीले फेनारगन, डाइजिल्याब,नुर्फिन, निट्राभेट ट्याबलेट र कोरेक्स सहित ७ जनालाई सार्वजनिक गरेको पत्रकार सम्मेलन मार्फत एसपी पाण्डेले जानकारी दिनुभयो ।