वीरगन्ज । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउने पर्साको क्षेत्र नं ४ को (ख) स्वतन्त्र उम्मेद्वार प्रह्लाद साह कानुले आर्थिक समृद्धि, सुशासन कार्यान्वयन र विधिको शासनका लागि मेरो जित आवश्यक रहेको बताउँछन् । आफू माथि मतदाताको बलियो समर्थन रहेकोले कार्यकर्ताको मत पाउने भएकाले आफ्नो जित सुनिश्चित भएको कानुको दाबी छ ।एकदमै रामो प्रतिक्रिया पाइरहेको छु । सबै मतदाताकहाँ पुगेको छु । उहाँहरूले मरो उम्मेदवारीमा खुसी व्यक्त गर्नुभएको छ । लामो समयदेखि यही क्षेत्रसँग जोडिएको छु । उहाँहरूले सम्भावना भएको, विकास गर्न सक्ने नेताका रूपमा लिएको पाएको छु । यस क्षेत्रका मतदाताको समर्थनबाट उत्साही छु । अहिले पनि मतदातासँग भेटघाट, छलफल चलिरहेको छ भने उहाँले बताउनु भएको छ ।‘हाम्रो जित सुनिश्चित छ चुनावी सभामा उनले भने, ‘ ठग प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ।’उनले चुनाव जितेमा आफू जनताको साझा प्रदेश सभा सदस्य भएर काम गर्ने पनि बताए।