नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताले पर्सा क्षेत्र नम्बर ३ मा एमाले -जसपा गठबन्धन बिचको तालमेल पुरा नभएको बताएका छन ।पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उनले एमालेलाई कमजोर बनाउनका लागी जसपाका तर्फबाट सहयोग नभएको बताए ।एमालेका उम्मेदवार संग प्रेस चौतारी बिषयक अन्तरक्रियामा गुप्ताले जिल्लाको अन्य क्षेत्रमा एमाले -जसपा बिच तालमेल भएपनि क्षेत्र नम्बर ३ मा बैईमानी हुदै आएको उनले खुलासा गरे ।जिल्लामा एमाले जसपा गठबन्धन कार्यन्वयनका निम्ती पार्टीका जिम्मेवारी व्यक्ति अहिले देखि नै सक्रिय हुन आग्रह गरे ।अन्य क्षेत्रको तुलनामा पर्सा क्षेत्र नम्बर ३ मा जसपाका अधिकांश उम्मेदवार बागी भएर निर्वाचनमा होमिएकाले यसले गठबन्धन कमजोर भएको उनको भनाई छ ।गुप्ताले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका कुनै नेताले देश बनाउन नसक्ने भएकाले सुर्य छापमा मतदान गर्न आग्रह गरेका छन ।देश बनाउन एमालेको सरकार आवश्यक रहेकाले निर्धक्क भएर मतदाताहरुलाई एमालेमा मतदान गर्न विश्वास दिलाए ।देश बिकाशको लागी संघमा मात्र एमाले जितेर प्रदेशको बिकाश हुने नभएकाले प्रदेशमा एमाले सरकारको आवश्यकता रहेको बताए ।


Share this: