पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जालिम मियाँले एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक देश बनाउन अरु नेता नभएकाले अगामी सरकार बनाउन एमालेमा मतदान गर्न बताएका छन ।एमालेका उम्मेदवार संग प्रेस चौतारी बिषयक अन्तरक्रियामा मियाँले गठबन्धनको सरकार फालेर एमालेको सरकार बनाउन सुर्य छापमा मतदान गर्न आग्रह गरे ।देश बनाउन एमालेको सरकार आवश्यक रहेकाले निर्धक्क भएर मतदाताहरुलाई एमालेमा मतदान गर्न विश्वास दिलाए ।देश बिकाशको लागी संघमा मात्र एमाले जितेर प्रदेशको बिकाश हुने नभएकाले प्रदेशमा एमाले सरकारको आवश्यकता रहेको बताए । पर्सा टाइम्स्