वीरगन्ज महानगर पालिकामा रहेको लर्ड्स दियालो अगाडी पुरानो बसपार्कमा सामाजिक संस्थाहरुको सम्मान गर्ने कार्यक्रम राखिएको थियो । वीरगञ्ज क्षेत्र भरी रहेका थुप्रै संचालित र सक्रिय रूपले समाजको निरन्तर विकास तथा समृद्धिको लागि रात दिन खटिरहने संस्थाहरूद्वारा सो कार्यक्रम आयोजना गरिएको थियो। अपन् राधेमाई युवा क्लब को चौतर्फी मिहिनेत साथ सहयोग लाई मूल्यांकन गरी यस संस्थाका संपूर्ण सदस्य लगायत संस्था समेत सम्मान पत्र स्वरूप सम्मानित गरिएको छ। मठ मन्दिर जस्तो पवित्र ठाउँमा पनि केही राजनीतिक दलका साथ मन्दिर समितिले एकलौटी शासन चलाई आफनै नजदिकिका व्यक्तिलाई मात्र सम्मान गरेको हुनाले हाम्रो संस्थालाई केही मूल्यांकन नगरी सो खण्डमा यो संस्था विरोध पनि जनाएको थियो । मन्दिरबाट केही मूल्याङ्कन नगरिएकोले अन्य संस्थाहरू द्वारा हाम्रो संस्थालाई मूल्याङ्कन गरी सम्मान पत्र वितरण गरिएकोमा सम्पूर्ण संस्थाका संस्थापक हरु आभार प्रकट गरेको कुरा क्लबका अध्यक्ष पवन यादवले बताउनु भएको हो ।


यो क्लबका सम्पूर्ण सदस्यहरुको इच्छा रुचि समाजको समृद्धिको लागि अझै बढेर जानेछ र आगामी दिनमा झन् नयाँ ऊर्जा जोश को साथ काम गर्ने छ भने विश्वस्त रहेका कुरा क्लबका वरिष्ठ सलाहकार मुकेश श्रीवास्तवले बताउनु भएको हो।