नेकपा एमालेका पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका राजकुमार गुप्ताप्रति यूवादेखि वृद्धहरु सम्मको क्रेज बढ्दै गएको छ । आज पर्साको गर्दौल, बहुअर्वा भाठा, प्रसौनी, हसवा, भेलाहा, हरिनगर लगायतका स्थानहरुमा भएको घरदैलो कार्यक्रममा यूवादेखि वृद्धसम्मले गुप्ता प्रति देखाएको सद्भाव, समर्थन, माया कारण उनको क्रेज बढ्दै गएको प्रष्ट देखिन्थ्यो । त्यति मात्र होईन मतदाताहरु गुप्तालाई निर्वाचित गराउन कम्मर कसेर पनि लागेका छन् ।२०७० सालमा सभासदमा निर्वाचित भएपछि गुप्ताले आफ्नो क्षेत्रमा विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत कार्यहरुको स्मरण गर्दै मतदाताहरुले यसपटक हामी गुप्तालाई मतदान गर्ने पक्षमा रहेको हसवाका वासिन्दाहरु बताउँछन् ।अघिल्लो निर्वाचनमा पराजित भएपनि गुप्ताले निरन्तर आफ्नो क्षेत्र र जनताको साथ कहिल्यै छाडेनन् । केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको पालामा आफ्नो क्षेत्रको विकासका लागि अलग्गै बजेट गाउँसम्म पु¥याई विकासका कार्यलाई निरन्तरता दिएका थिए ।गत स्थानीय निर्वाचनमा अहम भूमिका खेलेका नेता गुप्ताले पर्सामा दुई नगरपालिका र एक गाउँपालिकामा एमालेको झण्डा फहराउन सफल भएका थिए । सभ्य र सालिन स्वभावका गुप्ता आफ्ना कार्यकर्ता र क्षेत्रका मानिसहरु लागि अहोरात्र खट्ने व्यक्तित्व भएको पनि त्यस भेगका स्थानीयहरु बताउँछन् । घरदैलो कार्यक्रममा गुप्ताले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् । उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न आग्रह गरेका हुन् ।

