वीरगन्ज । नेकपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका राजकुमार गुप्ताले अहिले सक्रियता बढाएका छन । नेता गुप्ताले घरदैलौ मार्फत अहिले सक्रियता बढाएका हुन ।
आज पर्साको विन्दवासिनी गाँउपालिकाको बहुअर्वा भाठा , गर्दौल , भेलहा , बटसौरा , हास्वा , प्रसौनी सहितको गाँउमा घरदैलो गरेका छन ।
घरदैलोको क्रममा उनले सतागठबन्धलाई पराजित गर्न र देशलाई बिकाश तर्फ लग्न एमाले सरकारको आवश्यता रहेको भन्दै सुर्य छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन ।
घरदैलो कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रदुमन चौहान , विन्दबासिनी गाँउपालिकाका पुर्व अध्यक्ष श्रीलाल साह कानृु , पूर्व उपाध्यक्ष किरण देवी गुप्ता , जिल्ला कमिटी उप सचिव संजिव मिश्रा , नेकपा एमालेका नेता शिव पटेल , राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महम्द निजाम , नेता बिधाचल ठाकुर , विकास पाण्डे , कृष्ण कुशवाहा , हानिफ अंसारी , संजय चौहान , सगिर मिया , गम्भिरा साह , लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।