

वीरगन्ज । नेकपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका राजकुमार गुप्ताले अहिले सक्रियता बढाएका छन । नेता गुप्ताले घरदैलौ मार्फत अहिले सक्रियता बढाएका हुन ।आज पर्साको पोखरिया नगरपालिकाको जगतपुर , मननपुर , रानीगंज , रहरिया , श्रिशिया सहितको गाँउमा घरदैलो गरेका छन ।घरदैलोको क्रममा उनले सतागठबन्धलाई पराजित गर्न र देशलाई बिकाश तर्फ लग्न एमाले सरकारको आवश्यता रहेको भन्दै सुर्य छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन ।घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा, स्वास्थ्य, कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता गुप्ताले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए । घरदैलो कार्यक्रममा जिल्ला कमिटी उप सचिव संजिव मिश्रा , नेकपा एमालेका नेता शिव पटेल , राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महम्द निजाम , नेता बिधाचल ठाकुर सुनीत साह , धीरज चौरसिया , सुनिल कुशवाहा , कलु दादा , विकास पाण्डे , कृष्ण कुशवाहा , हानिफ अंसारी , संजय चौहान , सगिर मिया , गम्भिरा साह , लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।