बिरगंज । भारत बिहार आदापुर नजिकै श्रीरामपुरको मुल निवासी ताराचन्द प्रसाद नेपालमा छोटो अवधिमै तस्करीको माध्यमले अकुत सम्पत्ति कमाएका छन् ।
तेलि समाजको प्रस्तावित धर्मशाला निर्माणको लागि रु २५ लाख चंदा दिने हैसियतमा पुगेको ताराचन्द नेपालीहरुलाई कमसल काजु ,पिस्ता, किसमिस र मसालाहरु भन्सार छली गरि खुवाइरहेका छन् ।
नेपालको विभिन्न पहाडी ग्रामीण ईलाकाहरुमा नितेश फुड प्रोडक्ट्स मार्फत कम्पनीको नामले गुणस्तरहिन खाद्य सामाग्रीको कारोबार गरि रहेको प्रमाण फेला परेको छ ।
बाहिरबाट आयातित काजूलाई आफ्नै कम्पनीको उत्पादन भनि सो उद्योगले मूल्य, बैच, उत्पादन मिति र उपभोग्य अवधि केहि नखुलाई वीरगंज लगायत देशभरी त्यस्ता सामान बेचबिखन गरेर उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गरि रहेको छ।
खाद्यान्न लगायतका कुनै पनि उपभोग्य बस्तु बेचबिखन वा उपभोगको लागि उपभोक्तासम्म पठाउनु अघि उपभोग्य सामग्रीको पैकेटमा वस्तुको बिक्री मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोग्य अवधि स्पष्ट रुपमा उल्लेख गरेर मात्र पठाउनु पर्ने अन्तर्राष्ट्रिय मापदण्ड विपरीत सो उद्योगले कुनै पनि कुरा उल्लेख नगरि काजू लगायतका उपभोग्य सामग्री बजारमा बेचबिखनकालागि पठाउने गरेको प्रमाण फेला परेको छ।
केहि समय अघि पनि सो उद्योगले यसैगरी राजस्व चुहावट र उपभोक्ता हित विपरीतका उत्पादनहरू बजारमा पठाएको फेला परेपछि करवाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना समेत तिरेको थिए।अंकुश