वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) पटेर्वासुगौली गाउँपालिका कमिटीको बैठक आज सम्पन्न भएको छ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि पटेर्वासुगौली गाउँपालिकाको वडा नं ४ देउरियामा पालिका कमिटी अध्यक्ष पुरन यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । उक्त बैठकले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि प्रचार प्रसार तथा युवा परिचालन कमिटी गठन गरेको अध्यक्ष यादवले बताए । आउँदो निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन पालिका कमिटीले कुनै कसर बाँकी नराख्ने पालिका कमिटीले प्रतिबद्धता गरेको अध्यक्ष यादवले बताए । उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवंम पर्सा जिल्ला सह इन्चार्ज , सबिधान सभा सदस्य तथा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ता , पटेर्वासुगौली गाउँपालिका पूर्व अध्यक्ष हरिनारायण चौधरी , पूर्व उपाध्यक्ष मन्तुरा देवी , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम , नेता भुप्देव चौधरी लगायत सायो नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।