वीरगंज । जनता समाजवादी पार्टी मधेस बिरोधी पार्टी भएकोले मतदाताहरुले यादवको पक्षमा मतदान नगर्न अडान लिएका छन । मधेसको नाममा बिभिन्न हतकण्डा अपनाउदै आएका प्रदिप यादवले यसपालिको निर्वाचनमा समेत सबै दल संग गदारी गरेकै कारण मतदान नगर्न मतदाताहरुले अडान लिएका हुन ।
यस अघि स्थानीय तहको निर्वाचनका साथ साथै जिल्ला विकास समन्वय समितिको निर्वाचनमा समेत जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका प्रदिप यादवले आफ्नै पक्षधर संग गदारी गरेका कारण आफुहरुले मत यसपालि यादव पक्षमा नदिने मतदाताहरु बताउछन । मतदाताहरुका अनुसार जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका प्रदिप यादव मात्र दलका गदार होइन्न, उनि मधेस बिरोधी समेत रहेको संज्ञा दिएका छन । सर्वप्रथम मधेसको नाममा आन्दोलन गराई प्रदिप यादवले मधेसको नाममा आफ्नो रोटी सेक्ने बाहेक केही गर्न नसकेको मतदाताहरुले आरोप लगाएका छन ।
वीरगंज महानगरपालिका वडा नम्बर १३ का जनताहरुले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आफुहरुको एकाधिकार मत प्रदिप यादवको प्र्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा जाने बताएका छन । यस अघि भएको निर्वाचनमा ठुला ठुला भाषण गर्ने प्रदिप यादव यसपालिको निर्वाचनमा सखाप हुने समेत स्थानीयहरुको ठहर रहेको छ ।
मधेसी जनताको रगत माथि गरेको राजनीति प्रदिप यादवलाई महंगो पर्ने समेत मतदाताहरुले ठोकुवा गरेका छन । यसपालि हुन गइरहेको निर्वाचनमा प्रदिप यादवको काला कर्तुतको बिषयमा सबै मतदाताहरु भोगी र जानिसकेका कारण यसपालिको निर्वाचन पश्चात यादवको राजनीति नै समाप्त हुने एक अर्का स्थानीय बृद्धले बताए । यस बिषयमा जनता समाजवादी पार्टीबाट पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार प्रदिप यादव संग बुझन खोज्दा, सम्पर्कमा आउन चाहेन्न ।