वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले गाउँबासीलाई मिठाई वितरण गरेका छन् । अध्यक्ष मेहताले आफ्नाे व्यक्तिगत लगानीमा दिपावलीकाे अवसरमा गाउँपालिकाभरी मिठाई वितरण गरेका हुन् ।
हिन्दुहरुकाे महान चाँड दिपावली अर्थात लक्ष्मी पुजाकाे शुभकामना दिदै अध्यक्ष मेहताले लडु मिठाई वितरण गरेका हुन् । उनले गाउँपालिकाभरीकाे प्रत्येक घरमा एक प्याकेट लडु मिठाई पठाएका हुन् ।
गाउँपालिकाभरीमा पाँच वटा वडा र डेढ दर्जन टाेलहरु छन् । ति सबै वडाकाे टाेलहरुमा अध्यक्ष मेहताले ८ हजार मिठाईकाे प्याकेट वितरण गरेकाे वताइएकाे छ ।
अध्यक्ष मेहताकाे छठ पूजामा पनि गाउँपालिका अन्तर्गत गरिब र बिपन्न छठ ब्रतालुहरुलाई साडी वितरण गर्ने याेजना रहेकाे छ ।