धनुषामा करेन्ट लागेर दुई जनाकाे ज्यान गएकाे छ ।साेमबार साँझ दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-२२ का १९ वर्षीय अमित मिश्र र जनकपुरधाम-९ का १४ वर्षीय शिवराज यादवको ज्यान गएकाे हाे ।
करेन्ट लागेर गम्भीर घाइते भएका दुबै जनाकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हाे ।