वीरगन्ज । वडा प्रहरी कार्यालय, श्रीपुर तथा प्रहरी चौकी, ड्राई पोर्ट को संयुक्त टोलीले सोमबार राति करिब १०:४५ बजेको समयमा लाखौं रुपैयाँ सहित चार जना जुवारीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा बिरगंज महानगरपालिका वडा नं. १७ अलौ स्थित बाट स्थानीय बासीहरुले कौडा खेलीरहेका छन् भन्ने खबर प्राप्त हुना साथ तत्काल त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थानमा बसोबास गर्ने चार जना मानिसहरू क्रमशः वर्ष २८ को लक्ष्मी सहनी, वर्ष ३० को अनिल प्रसाद साह, वर्ष ४० को मुकेश गुप्ता र वर्ष ३९ को जाकिर मियाँ सहित नगद रू.१ लाख १८ हजार १ सय ९० तथा एक सेट कौडा पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी थप अनुसन्धान भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।