वीरगंज,माघ २३ राकेश साह
शहिद दिनानाथ साह गोंढको परिवारलाई नेपाल गोंढ समाज उत्थान समितीले आज नगद २५ हजार सहयोग गरेको छ । समाजको केन्द्रिय कोषाध्यक्ष प्रहलाद गुप्ता गोंढले शहिद दिनानाथ साहको बुवा शिवपुजन साह गोंढलाई सो रकम सहयोग गर्नुभएको हो । शहिद साहको कान्छी बहिनीको बिहे यहि फागुन २२ गते हुने तय भएकोले सहयोग स्वरुप सो रकम प्रदान गरिएको कोषाध्यक्ष गुप्ताले बताउनुभयो । गुप्ताले आज बिहान शहिद साहको घर प्रसौनी गाँउपालिका वडा नम्बर २ नौतनमा पुगी नगद २५ हजार सहयोग गरिएको जानकारी दिनुभयो । शहिद दिनानाथ साहको परिवारलाई सहयोग गर्ने उद्देश्यले गोंढ समाजबाट सो रकम संकल्न गरिएको कोषाध्यक्ष गुप्ताले जानकारी दिनुभयो । सो अवसरमा समाजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।