वीरगञ्ज । छठ पर्बको उपलक्ष्यमा घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ४४ जनाले रगत दान गरेका छन् ।
रगत दान गर्नेहरुमा लखनलाल गुप्ता, सुनिल दास, राहुल कुमार कानुलगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधीक धिरेनद्र झाले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यता एवम् घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष लखनलाल गुप्ताको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष हिरा साह कानु, वडा नम्बर १० का वडा अध्यक्ष सुशिल साह कानु, घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका उपाध्यक्ष दिलिप साह कानु, सहसचिव मुन्ना साह, कोषाध्यक्ष तिलक साह, सदस्य सोनालाल साह, दिपक साह, सुरक्षा उपसमितिका संयोजक अजग गुप्ता, सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानु, आनन्द साह, प्रणय साह लगायतको पनि उपस्थिती रहेको थियो ।