आनन्द पटेल


पर्साको विन्दवासिनी गाउँपालिका वडा नं २ गर्दौल टोलमा शनिबार SKY Youth Foundation क्लबको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका प्रमुख प्रमोद तिवारीले आज रिबन काटी क्लबको समुद्घाटन गर्नु भएको हो । प्रमुख तिवारीले शुभकामना दिँदै यस संस्थालाई सामाजिक कार्यक्रम गर्न सुझाव दिनुभयो । वहाले सामजिक संस्थाले समाजलाई सहि दिशामा अघि बढ्न निकै ठुलो भूमिका खेल्ने हुनाले युवाहरुलाई यस प्रति ध्यान दिन आग्रह गर्नुभयो । वहाले यस संस्थालाई लागू औषध सम्बन्धी जनचेतना कार्यक्रम गर्न आफ्नो पलिकाबाट बजेट उपलब्ध गराउने घोषणा गर्दै आगामी दिनमा पनि पालिकाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन पटेल, उपाध्यक्ष सन्ध्या कुमारी मुखिया, सचिव नकुल पटेल, कोषाध्यक्ष निराजन तिवारी, सह सचिव सुरज कुमार पटेल, सदस्यहरू हेमन्त गिरी, राजु राउत कुर्मी, सुरज कुमार पटेल,शोभा कुमारी, चन्दन पटेल,कृष्ण चन्दन महतो, लागायत संस्थाका पदाधिकारीहरुलाई प्रमुख अथिती तिवारीले टिका लगाई बधाई दिनु भएको थियो । कार्यक्रममा समाज सेवी केशव गिरी, गम्भिरा साह, अच्छेलाल महतो, दीपेन्द्र पण्डित, दीनानाथ तिवारी, राधेश्याम पटेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष राजन पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन पत्रकार आनन्द पटेलले गरेका थिए। कार्यक्रममा टोलका जेष्ठ नागरिक, समाज सेवी, युवा वर्ग, लगायतको उपस्थिती रहेको थियो।