पर्सा जिल्लाको क्षेत्र नं ३ बाट नेकपा एमालेका पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताको जित निश्चित देखिएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समय नजिकदै जादाँ चुनावको मुखमै धमाधम पार्टी प्रवेश भईरहेको छ ।आज एक कार्यक्रम बिच नेपाली काङ्ग्रेस परित्याग गरि बिन्दबासिनी गाउँपालिकाको वडा नं २ नेपाली कांग्रेस पर्साका प्रभावशाली नेता विक्रम महतो तत्वाको नेतृत्वमा दुई दर्जन नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने नव प्रबेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संबिधान सभा सदस्य समेत रहेका पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले खाँदा र टीका लगाई पार्टीमा स्वागत गरेका हुन । नेपाली कांग्रेस जनतामाथि षडयन्त्रकारीको भुमिका खेल्ने पार्टी हुदैं गएको हुनाले सहि कार्यकर्ताको अस्तित्व खोचिएको कारण नेकपा एमाले रोजेको पार्टी प्रवेश गर्ने नवप्रवेशिहरुको भनाई रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य हानिफ अंसारी , गम्भीरा साह , बिन्दबासिनी गाउँपालिका पूर्व उपाध्यक्ष किरण देवी गुप्ता , सुनिल कुशवाहा लगायतको उपस्थिति रहेको थियो।