वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्सा पोखरीया नगरपालिका कमिटीको अध्यक्षमा कौशल किशोर साह चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष महमद निजामुदिन (निजाम)ले आज एक विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्ष मनु गिरीलाई संगठनबाट निष्काशित गरी कौशलकिशोर साहलाई चयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय युवा संघ नेपालको नीति नियम विपरीत गतिविधि गरेकोमा मनु गिरीलाई संगठन र पदबाट निष्काशित गरिएको जिल्ला अध्यक्ष निजामले बताए ।