

वीरगञ्ज । नेपाली कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पर्सा जिल्लाका प्रभावशाली नेता सुदामा चौहान , कमल चौरसिया , धुरुप चौहनसहित दुई सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । उहाँहरूले आज एक कार्यक्रमका बीच नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्तासंग भेटघाट गरेर एमाले प्रवेश गरेका छन् । बिन्दबासिनी गाउँपालिकाको वडा नं २ मा एउटा भव्य कार्यक्रमका बीच उहाँहरूले पार्टी प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजाम जानकारी दिए । उहाँहरूले पर्सा जिल्लामा एउटा लोकप्रिया व्यक्तीको रूपमा परिचित व्यक्ति हुन् । उनी एमालेमा गएसँगै जिल्लामा युवाहरुको एउटा ठूलो समुहपनि एमालेमा लाग्ने निश्चित जस्तो छ । उनलाई एमाले प्रवेश गराउन पछाडीका बिन्दबासिनी गाउँपालिकाका नेता लक्षमण चौरसिया , किरण देवी गुप्ता , बबलू गुप्ता , हनीफ अंसारी र गम्भीरा साह रहेका छन् । पछिल्लो समय पर्सा जिल्लाको क्षेत्र नं ३ मा नेकपा एमाले प्रतिको आकर्षण बढ्दै गएको छ । यसअघि कयौँ नेताले आफ्नो पार्टी त्यागेर एमालेलाई रोजेका छन् । एमाले प्रवेश गर्नेमा सबैभन्दा धेरै नेपाली कांग्रेस र मधेसवादी दलका नेता र कार्यकर्ता रहेका छन् ।