वीरगन्ज । नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र लोसपा पार्टी परित्याग गरी दुई सय जनाले नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् ।
बिन्दबासिनी गाउँपालिकाको वडा नं ३ झौवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित बिन्दबासिनी गाउँपालिका पूर्व बोर्ड सदस्य श्यमबाबु साह कलवार , लोसपाबाट वडा प्रत्यासी जोगिन्द्र दास तात्वा , नेपाली कांग्रेसका नेतृ सुभावती देवी , शोभा देवी , बबिता देवी , गिरीजा देवी लगायत लोसपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी दुई सय जनाले एमालेमा प्रवेश गरेका छन् ।
सम्पूर्ण नवप्रवेशीहरुलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले खाँदा र अबीर लगाई पार्टीमा स्वागत गरेका हुन।
कार्यक्रम सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले नेपाली कांग्रेस पार्टी जनताको दुःख पीडा नबुझी कार्यकर्ता पालन पोषणको पार्टी भएको बताउनु भयो । ३८ महिनामा बिकाश र समृद्धिको लहर ल्याउने पार्टी एमालेलाई विभिन्न षडयन्त्र गरी विदेशीको इसारामा परमादेशको आदेशले गठबन्धनको सरकार बनाई जनतालाई मात्र लुट्ने काम गरेकोले आउँदो निर्वाचनमा एमालेको सूर्य छापमा मतदान गरी विजयी गराउन आग्रह गरे।
उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रधुमन् चौहान , शिव पटेल , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम , नेता बबलू गुप्ता , हानीफ अंसारी , गम्भीरा साह , सञ्जय चौहान , प्रमोद कुशवाहा , रवि गुप्ता लगायतको उपस्थिति रहेको थियो ।