नेकपा एमाले पर्सा पकाहामैनपुर गाउँपालिका राष्ट्रिय युवा संघ नेपालको युवा कमिटीले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडादेखि क्षेत्रसम्म युवा कमिटी , युथ फोर्स कमिटी र प्रचार प्रसार कमिटी तथा उपकमिटी गठन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल पर्सा पकाहामैनपुर गाउँपालिका कमिटी अध्यक्ष मनिष यादवको अध्यक्षतामा बसेको बैठकले युथ फोर्स र चुनाव प्रचार प्रसार कमिटी गठन गरेको छ ।
पकाहा मैनपुर गाउँपालिकाको वडा नं १ धोरेमा बसेको बैठकले धनजय यादवको अध्यक्षतामा युथ फोर्स कमिटी र दिनानाथ सहनीको अध्यक्षतामा चुनाव प्रचार प्रसार कमिटी गठन गरेको छ।
उक्त बैठकमा नेकपा एमालेका पकाहा मैनपुर गाउँपालिका कमिटी उपाध्यक्ष कृष्ण कुशवाहा , सचिव राजेश सहनी , नेता सिकेन्द्र सहनी , बलिराम यादव , अक्लेश पटेल , विकि दास लगायतको उपस्थिति रहेको थियो।