आनंद पटेल
द साझा फाउन्डेसन र राइनो यूवा क्लबको उपस्थितीमा शनिबार नारायणी अस्पतालमा लगातार ७ औ हप्तामा प्रवेश गर्दै १३० जना विरामीका कुरुवालाई निःशुल्क खाना वितरण गरिएको छ । आजको खाना वितरणका लागी आर्थिक रुपमा बिरगंजका घडिअर्वा निवासी विजय कुमार र बारा प्रसौनी निवासी श्रीराम साहको विशेष सहयोगमा खाना वितरण गरिएको संस्थाका सचिव संदिप साहले जानकारी दिए । सो अवसरमा संस्थाका वरिष्ठ सल्लाहकार दिलिप कुमार सिंह, कोषाध्यक्ष सौरभ पटेल, नितेश पटेल, श्याम गुप्ता, शुभाङकर ठाकुर, आवाज एफ.एमका संम्बादता बिवेक कुमार पटेल लगाएतको उपस्थिति रहेको थियो । द साझा फाउन्डेसनले हप्तामा २ दिन बुधबार र शनिबार निःशुल्क रुपमा खाना बितरण गर्दै आएको छ ।