वीरगन्ज । पर्सा जिल्लाको ४ निर्वाचन क्षेत्रका उम्मेदवारहरु मध्ये सबै भन्दा बढी भ्रष्ट उम्मेदवारका रुपमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नं ३ को (ख)बाट प्रदेश सभा सदस्य उम्मेदवार जनार्धन सिंह क्षेत्री हुन् भने सत्ता गठबन्धनकै तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट क्षेत्र नं ३ को (ख) कै उम्मेदवार प्रह्लाद गिरीले बताएका छन् ।
प्रदेश सभा सदस्य उम्मेदवार गिरीले क्षेत्री २ चोटी जिल्ला सभापति , उपसभापति भएर जनताको लागि केही नगरी मात्र आफु कमाउनका लागि अस्पातल , टेक्निकल विद्यालय , माध्यमिक विद्यालय खोलेका हुन । २ चोटी जिल्ला सभापति , उपसभापति भएर केही गर्न नसक्ने नेताले अब के गर्न सक्छ भने मतदाताहरुले ध्यान पुर्याउने कुरा रहेको उहाँले बताए ।
केही दिन अघि पत्रकारहरु संग कुरा गर्दै नेता गिरीले जनताको लागि केही नगरी मात्र आफु लुट्ने काम क्षेत्री गरेका हुन् भने गिरीले बताए ।
अनि फेरि चुनाव जितेर लुट्ने प्रयास गरिरहेका छन् । तर अब यस्तो हुँदैन । हामी जनता माझ गई सचेत गराइरहेका छौ र जनताहरूले पनि मूल्यांकन गरिरहेका छन् ।
जनताले पनि त्यस्ता त्यस्ता फतिचार, भ्रष्ट र मेरो अनुभवले पर्सा जिल्लाको सबै उम्मेदवार भन्दा बढी भ्रष्ट उम्मेदवार क्षेत्री हुन भने गिरीले बताए।