वीरगन्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र चौधरीको कर्तुत हेरेर मतदाताहरु चकित भएका छन् ।
नेता चौधरी आफु मात्र जित्नका लागि विभिन्न किसिमका प्रपोकण्डा अपनाई रहेका छन् । नेता चौधरीले आफु जित्नका लागि थारु समुदायको भोट लिन क्षेत्र नं ३ को (क)बाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेस कै नेता चन्दकिशोर चौधरीलाई बागी उम्मेदवारका रुपमा स्वतन्त्र उम्मेदवार बनाएका हुन् । जबकि त्यो क्षेत्रमा प्रदेश सभा सदस्य उम्मेदवार सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका छोटेलाल यादव रहेका छन ।
यति मात्र होइन नेता चौधरीले स्वतन्त्र उम्मेदवार प्रमोद जैसवाललाई पनि चुनाव लडाएका हुन् । जसपा नेता रहेका जैसवाललाई चुनाव जिताउन र आफु सहयोग गर्ने आश्वासन दिई उहाँलाई पनि चुनाव लडाएको स्रोतको दाबी छ ।
यति मात्र होइन नेता सुरेन्द्र चौधरीले गएको कार्तिक १२ गते अन्दाजी बिहान ८:३० बजे देखि १० बजे सम्म आफ्नो निज निवास विरगंजको श्रीपुरमा क्षेत्र नं ३ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद जैसवाल र उनका भाइ सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाललाई बोलाई मीटिंग गरेका हुन् । मिटिङमा स्वतंत्र उमेदवार प्रमोद जैसवाललाई पनि सहयोग गर्ने बचन दिएका हुन् । उक्त मीटिंगमा स्वतन्त्र उम्मेदवार जैसवाललाई आफु जीव धनले सहयोग गर्ने र तपाईंहरुले पनि मलाई सहयोग गर्नु कुरामा नेता सुरेन्द्र चौधरीले बचनबाद्ध भएका हुन् भने स्रोतले जनाएको छ।
उक्त मिटिङ्गमा दिनेश चौधरी , शैलेन्द्र यादव , श्रीकिशुन चौहान लगायतको उपस्थिति रहेको थियो । यो कुरा गएको कार्तिक १२ गते बिहान ८ बजे देखि १० बजे सम्म नेता सुरेन्द्र चौधरी र प्रदीप जैसवाल चढने गाडी नेता सुरेन्द्र चौधरीको निवास अगाडि पार्किंग गरी राखिएकोले पनि प्रमाणित गर्दछ ।