वीरगन्ज । सत्ता गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं ३ द्वारा बिन्दबासिनी गाउँपालिकाको बहुआर्वामा आयोजित मुकेश चौरसिया स्मृति कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी पर्साका नेता नागेन्द्र चौधरीलाई नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकहरुले दुर्वयवहार गरेका हुन् ।
केही दिन अघि आयोजित स्मृति कार्यक्रममा कार्यक्रम सम्बोधन गर्दै गर्दा नेता चौधरीले सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं ३ को (ख)बाट प्रदेश सभा सदस्य उम्मेदवार प्रह्लाद गिरी नै हुन भएको बोल्दै गर्दा आक्रोशित कांग्रेसी कार्यकर्ता तथा समर्थकहरुले उनको हातबाट माइक खोसी दुर्वयवहार गरेका थिए ।
माइक खोसी दुर्वयवहार गरेका कारण चर्का चर्की भई केही समयका लागि कार्यक्रम पनि रोकिएको थियो । श्रोतका अनुसार नेता चौधरीलाई कांग्रेसका कार्यकर्ता तथा समर्थकहरुले गाली ग्लोज पनि गरेका थिए ।
यो कुराले नेपाली कांग्रेस पर्साले आफु जित्ने र दादागिरी गर्दै आएको यो कुराले देखाएको छ । यस्तो दुर्वयवहार भएर पनि सत्ता गठबन्धनको समर्थन गर्नु भनेको नेकपा एकीकृत समाजवादी पार्टीको लागि गुलामी सरह भएको मतदाताहरुको भनाइ रहेको छ ।