वीरगन्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र चौधरीलाई मतदाताहरुले मत नदिने अभियान सुरु गरेका छन् ।
विकासको नाममा बजेट निकासा गरी आफ्नो घर बनाएका , ठाउँ ठाउँमा जग्गा जमीन किनेका , विकाशको कार्यमा भ्रष्टाचार गर्ने गरेको , विकाश बिरोधी रहेको बताउदै यसपालि हुने निर्वाचनमा उनको पक्षमा मतदान नगर्ने क्षेत्र बासीहरुले बताएका छन् ।
नेता चौधरी तीन चोटी चुनाव जिती मन्त्री समेत बनेर जनता र क्षेत्रको विकास गर्न नसकेको भन्दै यस पली नेता चौधरीलाई मत नदिने मतदाताहरुले उदघोष गरेका छन् ।
भ्रष्टाचारबाट अकुत सम्पती कमाएका नेता चौधरीले निर्वाचनको समयमा मिठो मिठो कुरा गरेपनि निर्वाचित भए पश्चात जनता संग रुखो व्यवहार गर्ने गरेको स्थानीयले दुखेसो पोखे । निर्वाचन बेला सबै लाई चिन्ने र निर्वाचन पछि काम को लागि जाँदा चिन्दैन् भन्ने नेतालाई किन आफ्नो अमूल्य मत दिने भने मतदाताहरुले सोच्न लागेका छन् ।
क्षेत्र नं ३ का मतदाताहरुले आफनै आफनै गाउँ गाउँमा भेला भई नेता चौधरीलाई मत नदिने अभियान सुरु गरेका छन् । नेता चौधरी चरित्रहीन नैतिकहीन र भ्रष्टचारी नेता भएकोले उहाँलाई मत नदिने निर्णयमा मतदाताहरु पुगेका छन् ।