

वीरगंज,माघ २५
नेकपा बिन्दवासिनी गाँउपालिका वडा नम्बर १ बिश्रामपुरमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वडा नम्बर १ का वडा सदस्य प्रजापति महतो कोईरी र उहाँको श्रीमति मुअली देवीको १३औं दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेकपा बिन्दवासिनी गाँउपालिका द्वारा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी संबिधान सभा सदस्य राजकुमार गुप्ताले कोईरीको निधनले पार्टीलाई क्षति पुगेको बताउनुभयो । कोइरीले समाजमा गरेको कामको बारे चर्चा गर्दै केन्द्रिय सदस्य समेत रहनुभएका गुप्ताले उहाँको घर परिवारको सुखः दुखमा सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गुर्नभयो । गुप्ताले कोईरी दम्पतीको नाममा खोल्न लागिएको ट्रस्टको लागि एक लाख एक हजार सहयोग गर्ने घोषना समेत गर्नुभयो । नेकपा बिन्दवासिनी गाँउपालिका अध्यक्ष गम्भिरा साहको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष सागिर मियाँ, संजय चौहान, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, नेकपा जिल्ला कमिटी सदस्य संजिव मिश्र,नेताहरु रामबाबु साह, मिलेश कुशवाहा, रामशिष महतो , चन्दन महतो, राजु यादव, पारस बैठा ,अम्बिका राम,अच्छेलाल गोढ,रामजान मिया ,लगायतको उपस्थिती रहेको थियो ।