वीरगञ्ज । आउँदो मंसिर ४ हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार राजकुमार गुप्ता प्रति मतदाताहरुको आकर्षण बढ्दै गएको छ ।
चुनावी घरदैलोका क्रममा क्षेत्रहरुको गाउँ गाउँमा पुग्दा नेता गुप्ताको समर्थनमा मतदाताहरुले समर्थन गर्दै स्वागत गरिरहेका छन् र यस पालि गुप्तालाई नै जिताउने हो भने भनिरहेका छन् । यसपालि आफुहरुको रोजाइ गुप्ता नै भएको बताइरहेका छन् ।
उनिहरुले पर्सा- ३ मा गुप्ताको सामु कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको भन्दै गुप्ताको जित सुनिश्चित रहेको मतदाताहरुले जिकिर पनि गरिरहेका छन् ।
यसैबीच बिन्दबासिनी गाउँपालिकाका लोसपा पार्टीका स्थानीय नेता वीरेन्द्र मुखिया विनको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेर एक सय भन्दा पनि बढी नेताहरुले नेकपा एमालेमा प्रवेश गरेका छन् । त्यस्तै पोखरीया नगरपालिका बसनपुरका नेपाली कांग्रेस पार्टीका स्थानीय नेता उमेश यादवको नेतृत्वमा पनि सय जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेता गुप्ताले पार्टीमा स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा एमालेका नेता प्रधुमन चौहान , शिव पटेल , तेजप्रकाश निषाद , बिधाचल ठाकुर , लक्षमण चौरसिया , ज्योती चौरसिया , किरण देवी , मोहमद निजाम , रवि गुप्ता , कृष्ण कुशवाहा , मनिष यादव लगायतको उपस्थिति रहेको थियो ।