आसन्न निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नं १ (ख) लौरो छाप चिन्हबाट उमेदवारी दिएका ओमप्रकाश सराफको लोकप्रियता बढदै गएको छ । पार्टीको झोला बोक्न छोडी आम जन्तामाझ खुला रूपमा चुनाव लडेका नेता सराफलाई क्षेत्र नं (ख) मा जन्ताले भबय रूपमा स्वागत तथा आशीर्वाद दिएका छन । नेता सराफको अनुसार यो गठबंधन जन्ताको लागि नभई आफूलाई जोगाउने र पोस्ने एउटा ठगबन्धन मात्र भएको बताएका छन । उनले पार्टीको लोभ , लालच छोडी आम जन्ताको बिचमा आएकोले यसपाली जन्ताले आफूलाई आशीर्वाद दिई जिताएर काम गर्ने अवसर दिने विस्वास व्यक्त गरे । नेता सराफको अनुसार विगतमा जितेका नेताले पाँच वर्षसम्म मधेशको नेतृत्व गरेको र हरेक योजनामा भ्रस्टचार गरी आफ्नो कार्यकर्तालाई पोस्ने काम गरेको हुनाले जन्ताले यसपाली त्यस्ता भ्रष्टचारी नेतालाई सबक सिकाउने बताए । सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ओमप्रकाश सराफले आफु यो क्षेत्रको मात्र नभई पूरा मधेस प्रदेशको विकाशको पूरा मोडेल नै तैयार पारिसकेको हुनाले एकचोटि आफूलाई अवसर दिन आम जनतालाई आग्रह गरे । विगतका दिनमा उनको पक्षमा जनलहर बढदै गएको छ ।