वीरगञ्ज । यही मंसीर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता सुधीर पटेल प्रति जनलहर बढ्दै गएको छ ।
अपराध र भ्रष्टाचार मूक्त समाज निर्माण गर्ने प्रमुख अजेण्डा बनाएर निर्वाचनको मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार पटेलले मङ्गलबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
मङ्गलबार पटेलले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा घरदैलो गरेर आफ्नो चुनाव चिन्ह रिक्सा छापमा मतदान गर्न स्थानीयहरुसँग आग्रह गरेका थिए । उनलाई स्थानीयहरुले घरदैलो कार्यक्रममा स्वस्फूर्त रुपमा सहयोग गर्दै स्वागत समेत गरेका थिए ।पटेल निरन्तर विद्यार्थी जीवनदेखिनै राजनीतिमा होमिएका छन् ।