वीरगंज,माघ २६ ,राकेश साह
संबिधान सभा सदस्य राजकुमार गुप्ता आज बिन्दवासनी गाँउपालिका वडा नम्बर २ बहुअर्वाभाठाका स्थानियसंग भेटघाट गर्नुभएको छ । स्थानियसंग भलाकुसारी गर्दै नेता गुप्ताले सो क्षेत्रको बिकाश बारे छलफल गर्नुभएको थियो । केन्द्रिय सदस्य समेत रहनुभएका गुप्ताले प्रचण्ड माधव समुहको व्यक्तिकोे स्वार्थका कारण स्थानिय मुकेश चौरसियाको ज्यान गएको बताउनुभयोे । उहाँले स्वार्थ पुरा गर्न हत्या समेत गर्न सक्ने नेताबाट देशको बिकाश नहुने भन्दै त्यस्ता व्यक्तिहरुलाई समाजबाट बहिष्कार गर्नुपर्ने धारणा राख्नुभयो । गुप्ताले देशमा न्याय नमरेको बताउदै अनाहकम कसैलाई फसाउन खोज्दैमा कोई नफस्ने समेत दावी गर्नुभयो । गुप्ताले अगामी बैशाख १७ र २७मा हुने निर्वाचनमा परिणाम आफनो पक्षमा पार्न संगठन बिस्तार एवं पार्टी गतिबिधिमा तिव्रता दिन पनि निर्देशन दिनुभयो । सो अवसरमा नेकपा बिन्दवासनी गाँउपालिका अध्यक्ष गम्भिरा साह, सचिव लक्ष्मण चौरसिया,वडा नम्बर १ का वडा अध्यक्ष सागिर मियाँ,२ का वडा अध्यक्ष संजय चौहान,जिल्ला कमिटी सदस्य संजिव मिश्रा,नेकपा युवा नेता हनिफ मियाँ, धिरज चौरसिया,अलि अहमद लगायत स्थानियहरुको सहभागिता रहेको थियो । यसैगरी नेता गुप्ता आजै ईटियाही टोलका जनता संग पनि भेटघाट गर्नुभएको जिल्ला कमिटी सदस्य संजिव मिश्राले जानकारी दिनुभयो ।

