वीरगञ्ज । मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य एवंम पर्सा जिल्ला क्षेत्र नं ४ को(ख) बाट नेकपा एमाले र जसपापार्टीको गठबन्धनको तर्फबाट जसपका उम्मेद्वार सिंघासन साह कलवारको एकपछि अर्काे भ्रष्टाचारको पोल खुल्दै गएको छ ।
मधेश प्रदेश सरकारले कृषकहरुको लागि अनुदानमा वितरण गरेको १ सय वटा ट्याक्टरमध्ये प्रदेश सभा सदस्यको बलमा कलवारले २ वटा ट्याक्टर प्राप्त गरेका थिए । वास्तविक कृषकलाई प्रदान गर्नुुपर्ने ट्याक्टर उनले आफ्ना नजिकका राजनीतिकर्मीहरुलाई दिलाएर ठेक्कापट्टाको काममा प्रयोग अहिले गरीरहेका छन् ।
पर्साको धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान र कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट गुप्ताका काका दिनेश कलवारलाई सिंघासनले ट्याक्टर प्रदान गरेका हुन् । उनीहरुको नाममा ट्याक्टर दिएपनि उनले अहिले आफ्नै निर्माण कम्पनी रञ्जन निर्माण सेवाको कामका लागि ति ट्याक्टरको प्रयोग गरीरहेका छन् ।
यसअघि मुख्यमन्त्री स्वच्छता अभियानअन्र्तगत पोखरी सौन्दर्यकरणको कामको ठेक्का अलपत्र अवस्थामा छोडेको खबर बाहिरिएको थियो । ठेक्का पाएका पोखरी आधा अधुरो छोड्नुका साथै निर्माणमा कमशल तथा गुणस्तरहिन सामाग्री प्रयोग गरेको खबरपछि किसानको नाममा ट्याक्टर निकालेर आफ्नै निर्माण कम्पनीको काममा प्रयोग गरीरहेको पोल खुलेको हो ।
यस्ता कतिपै ठेक्का सम्झौता गरेर कतिको काम अधुरो छोडेका छन् भन्ने कतिको ठेक्का लिई कमसल सामग्री प्रयोग गरी काम गरेका हुन् । यस्तै पकहामैनपुर गाउँपालिका वडा नं ५ देखि छिपहरमाई गाँउपालिकाको वडा नं ५ भिस्वा जोड्ने खोलाको पुल निर्माण गरेको केही दिन नबितिदै पुलको माथिको रड बाहिर आउन थालेको छ ।
उहाँले पछिलो निर्वाचनमा चुनाव जितिनै बितिकै आफ्नो नाउँमा रहेको रञ्जन निर्माण सेवा आफ्नो कम्पनीकै एक जना कामदारको नाउँमा गरेका हुन् । ऊ कामदारको नाउँमा गरे बापत कलवारले करोडोको कपाली तमसुक गराएको स्रोतको दाबी छ।
कलवार आफ्नो सत्ताको दुरुपयोग गर्दै ठेक्का सम्झौता गरी काम नैनगरी भुक्तानी पाउने गरेका छन् । काम गरे पनि कमसल सामग्री प्रयोग गरी गरेका छन् ।
त्यसैले अब हुने निर्वाचनमा त्यस्तो भ्रष्टचारीलाई आफ्नो मत नदिन उक्त क्षेत्रका मतदाताहरुले अभियान चलाएका हुन् ।