वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका अन्तरगत सञ्चालन रहेको सम्पूर्ण सानो , मझौला र ठूला उद्योग बन्द गर्न गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले आदेश दिएका हुन् ।
उद्योगहरु स्थापनाकाल देखि नै अवैधानिक (मापदण्ड विपरीत) रूपमा सञ्चालन हुँदै आएकोमा केही दिन अगाडि गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै सबै उद्योगहरुले नियम अनुसार नक्सा पास तथा व्यवसाय दर्ता प्रमाणपत्र लिई मात्र उद्योग सञ्चालन गर्न आदेश दिएको थियो ।
तर उक्त विज्ञप्तिको अटेरी उद्योगीहरुले उद्योग सञ्चालन गरेकोमा तत्काल उद्योग बन्द गर्न र कानुनी प्रक्रिया अगाडि बढेमा उद्योगीहरुले स्वयम् जिम्वेवार हुनेछ भनी गाउँपालिका अध्यक्ष तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाम्रो गाउँपालिका भित्र सञ्चालनमा रहेको उद्योगहरुले न्यूनतम मापदण्ड समेत पूरा नगरेका गाउँपालिका अध्यक्ष तिवारीले बताए । बन्द गराउनुको मुख्य कारण मैले नियमन गर्न खोजेको हो । पहिला पनि सूचना जारी गरेर नियमन गर्नका लागि भनेको हो । गाउँपालिका अन्तरगत रहेको मोबिल फ्याक्ट्रीले प्रशस्त मात्रामा प्रधुषण फैलाइरहेको छ त्यो प्रदूषण नियंत्रण गरी मात्र उद्योग सञ्चालन हुने अध्यक्ष तिवारीले बताए । म कसैको दबाव अथवा प्रलोभनमा परी गरेको हैन् नियमनमा आउनु नियम अनुसार उद्योग सञ्चालन गर्नु मात्र भनेको हो ।