

पर्सा । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने वीरगंज महानगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको घरदैलो अभियान सम्पन्न भएको छ । आइतवार साझ घरदैलो अभियान अन्तर्गत वडा नम्बर ७ मा पुगेका अजय द्विवेदीलाई स्थानीय मतदाताहरुले अग्रिम जितको टिका समेत लगाएका हुन । बिगत ५ बर्षदेखी मधेस प्रदेशमा बढ्दै गएको भ्रष्टाचारको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीलाई स्थानीय मतदाताहरु स्वागत गर्दै अग्रिम विजयीको टिका लगाएका छन यसपालि मछली छापमा मतदान गरी प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारलाई जिताउने स्थानीय मतदाताले आश्वासन दिएका हुन । स्थानीय मतदाताका अनुसार बिगत ५ बर्षदेखी क्षेत्रमा गुन्डाराज मौलाएको छ, त्यो गुन्डाराज समाप्त पार्नको लागि यसपालि स्वतन्त्र उम्मेदवार द्विवेदीलाई नै निर्वाचित गराउने प्रतिवद्धता समेत जाहेर गरेका छन । यता स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले यसपालिको निर्वाचनमा जनता आफै चुनाव लडेको र जनता नै निर्वाचित हुने बताउनु भयो उहाले यसपालि जनता आफ्नो अधिकार खोजेको छ, जनताले बिगत ५ बर्षको हिसाब खोजेको छ, जनताले आफ्नो अधिकार सुनिश्चित गर्न खोजेको छ, त्यस कारण जनता यसपालिको निर्वाचनमा आफै निर्वाचित हुने दावी गर्नुभयो