वीरगंज,माघ २८ राकेश साह
संबिधान सभा सदस्य राजकुमार गुप्ता आज पोखरीया नगरपालिका वडा नम्बर १० सिवर्वाका स्थानियहरु संग भेटघाट गर्नुभएको छ । भेटको क्रममा नेता गुप्ताले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले संगठन बिस्तारमा बिशेष जोड दिन पनि गुप्ताले निर्देशन दिनुभयो । नेकपा केन्द्रिय सदस्य समेत रहनुभएका गुप्ताले देशमा बिद्यमान परिस्थितीबारे समेत चर्चा गर्नुभएको थियो । उहाँले प्रचण्ड माधवको स्वार्थका कारण देशमा संकट उत्पन्न भएको दावी गर्नुभयो । नेता गुप्ताले देश बिकाशमा परिर्वतन ल्याउन ओली नेतृत्वको नेकपाको बिकल्प नरहेको समेत जिकिर गर्नुभयो । सो अवसरमा जिल्ला कमिटी सदस्य संजिव मिश्रा, युवा नेता यशवन्त यादव ,राजेश रौनियार, बिन्ध्यांचल ठाकुर लगायतको उपस्थिती रहेको थियो ।