परवानीपुर गाउँपालिकाको संयोजकमा हेरिटेज माध्यमिक विद्यालमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री , विशिष्ट अतिथि हेरिटेज विद्यालयका प्रधनाध्यापक मनकेश्वर यादव , अतिथि गाउँपालिका प्रशासकिय अधिकृत मुना रौनियार, हेरिटेज विद्यालयका प्रशासकिय प्रमुख मुकेश श्रीवास्तव , वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर शाह को उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो।


दिनहुँ बढी रहेको महिला हिंसा, दहेज प्रथा ,लागू औषधि जस्ता कुसँगतिले समाजमा विकृति पार्दै गइरहेको छ। दहेज प्रथाको कारण नारीहरुलाई स्वयं सुरक्षा गर्नु समाजमा कठिनाई हुँदै गइरहेको अवस्था बन्दै गएको छ। पढाइ गर्ने युवाहरु लागू औषधिको सेवन गरी जीवनलाई खराव पार्न तिर लागेका छन् त्यसैले समाजको विकृति हुनुको कारण नै आजको नौजवान युवा तथा युवतिहरु लागू औषधी सेवन गर्नु हो र बाल विवाह गर्नु हो । नारीले आफ्नो बलबुतामा केही सामान्य शिप हरुको ज्ञान राखी आफ्नो जीवन निर्वाह गर्ने सकिन्छ जस्तो शीपको तालिम आगामी दिनमा गाउँपालिका द्वारा गराइने छ जस्तो कुरा समेत आएको हो। बाल विवाह न्यूनीकरण बारे सडक नाटक गरी चेतना गराउनु पर्छ भने अतिथि द्वारा मन्तब्य राखिएको हो।प्रदीप राउत द्वारा आजको कार्यक्रम उदघोष गरिएको थियो। कार्यक्रमको जानकारी हेरिटेज माध्यमिक विद्यालयका प्रशासकिय प्रमुख मुकेश श्रीवास्तवले दिनु भएको थियो ।