वीरगन्ज । पर्साको पटेर्वा सुगौलीमा आज नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । पर्सा क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्याका उम्मेदवार राजकुमार गुप्ता , प्रदेश सभा सदस्या क्षेत्र ३(क) का उम्मेदवार मंजूर अन्सारीको उपस्थीतीमा चुनावी सभा तथा जनभेटघाट सम्पन्न भएका छन् ।
कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार गुप्ताले सत्ता गठबन्धनले सधै पर्सा बासीलाई सैतेनी व्यवहार गरेको ले आफु त्यसैको विरुद्धमा लड्दै आएको वताउनुभयो ।
राजनीति व्यवस्था परिवर्तन भएको तर समाजको अवस्था परिवर्तन नभएकाले समाज रुपान्तरणका लागि आफुनो प्रमुख लक्ष्य भएको गुप्ताले वताउनुभयो ।
यदि नेकपा एमालेका उम्मेदवारले जिते जनताको सेवक भएर काम गर्ने छौ, तर अरुले जिते शासक बन्नेछन्, त्यसैले जनताको सेवामा समर्पित हुने उम्मेदवार छान्न आग्रह गर्दछु ।’ उनले पर्सालाई सुविधा सम्पन्न, प्रविधि र सेवाग्राहीमैत्री पर्सा बनाउने बताए । पर्साका बासिन्दालाई स्वच्छ पिउनेपानी,सवै सडकलाई ब्यवस्थित र कालोपत्रे गदै विकासको गति दिने नेता गुप्ताले बताए ।
नेपाली काँग्रेस र माओबादी केन्द्रले देशलाई जातीयताका नाममा बिखण्डन गर्ने तर्फ केन्द्रीत भएकाले देशको विकास र समृद्धिका लागी एमालेको विकल्प नभएको बताए ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा एमाले नेतृत्वको सरकार नै आवश्यक रहेको र पर्सा ३ मा राजकुमार गुप्त र ४ (क) मा मंजूर अंसारीलाई जिताए मात्र संघ र प्रदेशमा एमालेको सरकार बन्ने बताउनु भयो।
यो क्षेत्रको बारेमा जानकार रहेको भन्दै आफूले थालेको अधुरा काम निर्माणका लागि पनि आफ्नो जित अपरिहार्य रहेको बताए । अघिल्लो निर्वाचनबाट निर्वाचित भएपछि क्षेत्रको बिकासका लागि गरेका कामको मुल्यांकन जनताले गर्ने बताए ।
कार्यक्रममा नेता प्रभु हजारा , डा विशम्बर शर्मा , शम्भु गुप्ता , शिव पटेल , हरिनारयण चौधरी , यस्वन्त यादव , श्याम बञ्जारा , केसी लामिछाने ,संजिव मिश्रा, मोहमोद निजाम ,विजय चौरसिया , मन्तुरा देवी , लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।