

नेकपा एमालेका पर्सा जिल्लाका युवा नेता एवं सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यस्वन्त यादवले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा एमाले -जसपा गठबन्धन बिचको तालमेल पुरा नभएको बताएका छन । उनले एमालेलाई बलियो बनाउनका लागी जसपाका तर्फबाट सहयोग नभएको बताए । पटेर्वासुगौली गाउँपालिकामा आयोजित चुनावी सभा कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष यादवले एमाले -जसपा बिच तालमेल भएपनि क्षेत्र नम्बर ३ को सखुवा प्रसौनीमा बैईमानी हुदै आएको उनले खुलासा गरे ।जिल्लामा एमाले जसपा गठबन्धन कार्यन्वयनका निम्ती पार्टीका जिम्मेवारी व्यक्ति अहिले देखि नै सखुवा प्रसौनी गाउँपालिकामा सक्रिय हुन आग्रह गरे । सखुवा प्रसौनी गाउँपालिकामा जसपाका उम्मेदवार बागी भएर निर्वाचनमा होमिएकाले यसले गठबन्धन कमजोर भएको उनको भनाई छ । यादवले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका कुनै नेताले देश बनाउन नसक्ने भएकाले सुर्य छापमा मतदान गर्न आग्रह गरेका छन । देश बनाउन एमालेको सरकार आवश्यक रहेकाले निर्धक्क भएर मतदाताहरुलाई एमालेमा मतदान गर्न विश्वास दिलाए ।देश बिकाशको लागी संघमा मात्र एमाले जितेर प्रदेशको बिकाश हुने नभएकाले प्रदेशमा एमाले सरकारको आवश्यकता रहेको बताए ।