वीरगंज ३० माघ
पर्साको जगरनाथपुर गाउँपालिकामा पर्ने ओरिया खोलाबाट बालुवा तस्करी गर्ने भारतीय र सशस्त्र प्रहरीच झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्।भारतिय बालुवा तस्करहरुले नेपालको ओरिया खोलाबाट बालुवा तस्करी गर्ने क्रममा प्रहरी र तस्कर बीच झडप भएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए।
तस्करको आक्रमणबाट सशस्त्र प्रहरी जवान नरेश यादव र आयुश यादव घाइते भएका हुन्।उनीहरुको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
भारतीय बालुवा तस्करहरुलाई रोक्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको उनको भनाइ छ।जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १ पिडारी गूठीस्थित ओरिया खोलाबाट भारतीय तस्करहरुले लामो समय देखि गिट्टी बालुवाको अवैध रुपमा तस्करी गर्दै आएका छन्।