फाल्गुन ६
बाराको करैयामाई गाउँपालिका वडा न.(७ अन्तरगत रहेको सृजनशील युवा क्लबद्दारा संचालित पाँचौ पिपरा गोल्डकप २०७७ को समुदघाटन कार्यक्रम आयोजक क्लबका अध्यक्ष बृजमोहन धामिको अध्यक्षतामा सम्पन्न भएको छ । करैयामाई गाउँपालिकाको मुख्य सहयोग तथा सृजनशील युवा क्लब पिपराको आयोजनामा भएको उदघाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश न.२ को अर्थराज्य मन्त्री माननीय उषा यादव हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी,था.क.स.बाराका अध्यक्ष राम प्रसाद चौधरी,करैयामाई गाउँपालिका वडा न१ अध्यक्ष सोनालाल साह,७ का बृज चौधरी,कोल्हबी नगरपालिका वडा न.१ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी,प्रमुख अतिथिका सोखिय सचीव बबिता यादव तथा अतिथिमा तामागढी साझेदारी बनब्यवस्थान समिति कोल्हबी काटाका अध्यक्ष रबिन्द्र पनुहर,समाजसेवी गोबिन्द पौडेल,समाजसेवी गोपाल दास,पुर्व अध्यक्ष मोतिलाल चौधरी लगायतका उपस्थिति रहेका थिए ।


कार्यक्रममा स्वागत मन्तव्य शर्मिला धामीले गर्नुभयो भने शुभकामना मन्तव्य कोल्हबी नगरपालिका तरुण दलको नगर सभापति संजय चौधरी थारु,समाजसेवी गोपाल दास,समाजसेवी गोबिन्द पौडेल,सोनालाल साह,बिरेन्द्र प्रसाद चौधरी,भुनेश्वर धामी लगायतले गर्नुभएको थियोे ।प्रमुख अतिथि समेत रहनुभएकी यादवले यस पचगछिया खेल मैदानलाई आउदो दिनमा मिनि स्टेडियम बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।प्रदेश सरकारको बजेटबाट बाकी रहेको पर्खाल निर्माणका काम पुरा गर्ने समेत प्रमुख अतिथिले बताउनु भयो ।
प्रतियोगिताको उदघाटन दिनको खेल आयोजक सृजनशिल युवा क्लब पिपरा र बिरगंज युथ एकेडेमी बिरगंजबीच प्रतिस्पर्धा भएको थियोे। उक्त खेलमा बिरगंजले ० को विरुद्ध २ गोलले बिजय भएको थियोे ।खेलको पहिलो हापको २४ औं मिनेट जादा बिरगंज क्लबले प्लान्टी किक प्रहार गर्ने अवसर पाएको थियोे ।जर्सी न.१५ का आदित्य शाक्यले पलान्टी शुट गर्दा आफ्नो टिमलाई १ गोलले अग्रता दिलाएको थियोे ।