वीरगंज,फागुन ७
पर्साको बिन्दवासनी गाँउपालिकामा पनि कोभिड बिरुद्धको खोप अभियान शुरु भएको छ । खोपको पहिलो डोज गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदिले लिनु भएको छ । खोप पुर्णरुपमा सुरक्षित र प्रभावकारी रहेको गाँउपालिका अध्यक्ष मोदीले जानकारी दिनुभयो । उहाँले खोपको साइड इफेक्ट पनि नरहेको बताउनु भयो । सरकारले चाडै आम जनताको लागि निशुल्क खोप उपलब्ध गराउनु पर्ने माग गर्नु भएको छ। सरकारले जनसमुदाय स्तरमा ल्याउन लागेको कोभिड(१९ को खोप आमजनतालाई ढुक्कसँग लगाउन पनि गाँउपालिका अध्यक्ष मोदीले आग्रह गर्नुभएको छ । भोली सम्म संचालन हुने खोप अभियानमा अहिले सम्म ८० प्रतिशत भन्दा बढिले खोप लिइ सक्नु भएको र बाँकीलाई भोली सम्म खोप लिन अध्यक्ष मोदीले आग्रह गर्नुभयो ।