बीरगन्ज / बीरगन्ज महानगर पालिका का नगर प्रमुख राजेश मान सिंहले मालपोत कार्यालय मा आउने सेवाग्राहीलाई सुविधाजनक बस्ने स्थान र शौचालय को निर्माण चाडै गरिने बताउनु भएको छ । मालपोत कार्यालय मा लेखापढी संघ सित शनिबार छलफल गर्नु भएको छ । नगर प्रमुख सिंहले मालपोत कार्यालय लाई व्यवस्थित गर्न मालपोत ,नापी र भुमिसुधार कार्यालय को आधुनिक बहुतल्ला भवन को आवश्यकता रहेको ले सोको लागी कार्यालयले स्यंम भवनको नक्सा बनाइ दिए आफुले भवन निर्माणकार्य को लागि पहल गर्ने बताउनु भयो । बीरगन्ज महानगर को जग्गाको वर्गीकरण सम्पन्न भैसकेको ले जनता को दैनिक समस्या समाधान गर्न कार्यालय प्रमुखले चाडै कित्ताकाट सुचारू गर्न आग्रह गर्नु भएको छ । नगर प्रमुख सिंहले मालपोत अगाडि को बाटो मा मोटरसाइकल कार जिप नराखी पार्ङीङ्ग मा मा राख्न लेखापढी व्यवसायी र सेवाग्राहीलाई अनुरोध गर्नु भएको छ । छलफलमा मालपोत कार्यालय को प्रमुख ऋषि कुमार दाहाल , लेखापढी व्यवसायी संघको अध्यक्ष मदन पटेल , नगर कार्यपालिका सदस्य खैरुद्दिन हवारी , लेखापढी व्यवसायी तथा स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो ।