वीरगन्ज ११ फागुन : गैर सरकारी संस्था असमान नेपाल स्ट्रीट चाइल्ड नेपाल र जावास सस्थाको सहयोगमा पर्साको २ वटा पालिकामा रहेको तात्वा,मुसहर ,र डोम ५०० घर परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ।
पर्साको पर्सागढी नगर पालिका र पकाहा मैनपुर गाउपालिकामा रहेको मुसहर,तात्वा,डोम परिवार लाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ। कोरोना भाइरस महामारी का कारण ती समुदायमा छाक टार्न समस्या देखापरे पछि असमान नेपाल ले ५००घर परिवार लाई खाद्य सामाग्री सहयोग गरेको छ।
सो संस्थाले प्रति परिवार चामल २५ किलो, नुन ३ किलो,मास दाल ३ किलो, मसुरो दाल २ किलो, खाने तेल ३ किलो,चाना २ किलो गरी ५०० परिवार लाई खाद्यन्न सामाग्री सहयोग गरेको छ।
सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा पर्सा गढी नगर पालिकाका उपमेयर अर्चना चौधरी ,वाडा अध्यक्ष असलम आलम,उदवबहादुर उप्रेती ,पकाहा मैन पुर गापा प्रमुख बिजय चौरसिया, वडा अध्यक्ष मदन साह,ढेरी यादव,स्ट्रीट चाइल्ड नेपालका अरुन कोजु,कन्चन मगर,असमान नेपालका कार्यक्रम संयोजक जमुना श्रेष्ठ, इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया,जवासका शिवनाथ यादव को उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका का उपमेयर अर्चना चौधरी को विषेश उपस्थित रहेको थियो भने सोही सस्थाले पोखरिया नगर पालिका,पर्सा गढि नगर पालिका,पकहा मैनपुर गापा र कालिका माइ गापामा ७२२ जानालाइ स्वास्थ स्वछ्ता सामग्री र महिनावारी स्वछता सामाग्री बितरण गरेको थियो ।स्वास्थ स्वछता सामग्री मा साबुन १७ वटा ,फेनाइल १ लि,टोइलेट ब्रस १,माक्स६,बाल्टी १ र महिनावारी स्वछता सामग्री मा सेनेटरी पैड १५,साबुन १६,टवेल१ ,बाल्टी १ थान बितरण गरिएको अफिसर धर्मेन्द्र चौरसियाले बताउनु भयो ।