रामजी यादव


वीरगन्ज । बहुदरमाई नगरपालिकाको कार्यालयको सभाहलमा एकीकृत सूचना व्यवस्थापन प्रणाली-विपद् पोर्टल (BIPAD Portal) को उद्घाटन तथा स्थानिय विपद् तथा जलवायू उत्थानशील योजना (LDCRP) बारे छलफल कार्यक्रम सम्पन्न गरेको छ ।बहुदरमाई नगरपालिका का नगरप्रमुख सिगांसन साह तेली को अध्यक्षतामा वातावरण तथा जलवायू अनुकुल विकासमा नेपाली युवा परियोजनाको (Climate Fellowship) २०७९ कार्यक्रम अन्तर्गत बहुदरमाई नगरपालिकाले युथ इनोभेशन ल्याबको सहकार्यमा स्थानिय विपद् तथा जलवायू उत्थानशील योजना (LDCRP) को मस्यौदा तयार गरेको छ । नेपाल सरकारले गृह मन्त्रालयको संयोजनमा विभिन्न ११ वटा मन्त्रालय र विभागहरुको सहकार्यमा निर्माण गरेको पोर्टलमा विपद्का सूचना तथा जानकारीहरू समावेश गरिएको छ । विपद् पोर्टलले सरल र सजिलो माध्यमबाट विपद् व्यवस्थापन गर्नको लागि सहयोग पुर्याउने भएको छ साथै नगर प्रमुख साहले यस नगरपालिकामा अझ सचेत भई निर्माण भएका विपद् सम्बन्धी योजनाहरूको कार्यानवन्यनलाई अझ प्राथमिकतामा राख् ने जानकारी गराउनुभयो । बहुदरमाई नगरपालिकामा सन् २०१८ देखि हालसम्म भएको विपद्का घटनाहरुको विस्तृत विवरण पोर्टलमा राखिएको तथा आगामी दिनमा यस पोर्टललाई अझ अद्यावधिक गर्दै लगिने जानकारी दिनुभयो सो कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर उप-प्रमुख सुष्मा कुमारी कुशवाहा,क्लाइमेट फ्लो पुजा खडका,युथ एनुभेसन लैबका एलिना खटिवडा,आभास पौडेल ,लगायतको उपस्थिति रहेको थियो।