शैलेश गुप्ता
पोखरिया । पर्साको पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना कोरोना भाइरस लगायत विभिन्न महामारीजन्य रोगहरूको रोकथाम तथा नियन्त्रण निगरानीको लागी सरोकारवाला संग एक दिने अन्तरक्रिया कार्यक्रम आज पोखरिया नगरपालिकाको पोखरीया अस्पतालमा सम्पन भएको छ । एक दिने अन्तरक्रिया कार्यक्रम पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेंद्र मिश्राको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा पोखरिया अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा. संजय यादवले प्रशिक्षण दिएका थिए भने सो कार्यक्रममा पोखरिया माविका प्रधानाध्यापक ओमप्रकाश रौनियार ,नेपाल रेडक्रस सोसाइटी पोखरीया शाखाका सभापति भगवान प्रसाद कुर्मी ,स्वास्थ्य शाखाका शिव पटेल ,विश्वनाथ साह,राजेश्वर प्रसाद पटेल , पोखरिया युवा समाजका भगवान दास, लगायत नगरपालिकाका सम्पूर्ण स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा डेंगू , इंफुलंजा र कॉमन कोल्ड लगायत रोगहरुबाट बच्ने उपाय र सर्ने माध्यम बारे गहन छलफल समेत गरिएको थियो।