पोखरिया । पर्साको पोखरिया नगरपालिका आज पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा बिकास निर्देशनालय मधेश प्रदेशको आयोजनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय तह शिक्षा सम्बन्धि नगरपालिकामा ११ सदस्यि कमिटी गठन गरिएको नगरपालिकाले जनाएको छ । ११ सदस्यि कमिटीको अध्यक्षमां नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,सचिवमां विजय कुमार झा , सदस्यमा उपमेयर रूबी कुमारी ठाकुर , वडा अध्यक्ष नौसद आलम लगाएत रहेका छन ।