वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारी सहितको टोलीले गाउँपालिकाको वडा नं -२ स्थित बहुअर्वा माध्यमिक विद्यालयमा निर्माणधिन रहेको विज्ञान प्रयोगशालाको अनुगमन गरेको छ । विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणमा जोड दिनुको साथै निर्माणधिन विज्ञान प्रयोगशालाको भौतिक संरचना बारे अनुगमन गरिएको अध्यक्ष तिवारीले बताए । भौतिक संरचनाको कार्य अन्तिम चरणमा पुगेकोले अनुगमन गरी ल्यावको मेशिनहरु ल्याउने बारे छलफल समेत गरिएको पालिकाले जनाएको छ । अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत राजु साह,वडा अध्यक्ष मुक्ति पटेल,शिक्षा शाखा प्रमुख कपिल लामिछाने, आयुर्वेद शाखा प्रमुख श्यामबाबु प्रसाद साह,प्र.अ सरोज चौहान लगायतको उपस्थित रहेको थियो ।